+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलियाको लगातार दोस्रो हार, सिरिज इंग्ल्यान्डलाई

पालिका लाइभ
२०७७ भाद्र २२, सोमबार

काठमाडौं- अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै इंग्ल्यान्डले एक खेलअघि नै टि–२० क्रिकेट सिरिज जितेको छ।

आइतबार राति साउथह्याम्पटनमा भएको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।

१५८ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो। इंग्ल्यान्डको जितमा जस बटलर नायक सावित भए। उनले अविजित ७७ रन बनाए।

५४ बेलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। डेविड मलनले ४२ रन बनाउँदा मोइन अलीले १३ रन बनाए। बलिङतर्फ एस्टन एगरले दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो। शून्यमा डेविड वार्नरलाई गुमाएको अस्ट्रेलियाले तीन रन हुँदा एलेक्स क्यारीलाई गुमाएको थियो।

३० रन हुँदा तेस्रो विकेटको रुपमा व्यक्तिगत १० रनमा स्टेभ स्मिथ रनआउट भएसँगै अस्ट्रेलिया पूरै दबाबमा आयो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४०, माकुर्स स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २५ र एस्टन एगरले २३ रन बनाउँदा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५७ रन बनायो। बलिङतर्फ क्रिस जोर्डनले दुई विकेट लिए।

अस्ट्रेलियाविरुद्ध तीन खेलको टि–२० क्रिकेट सिरिजमा २–० ले इंग्ल्यान्डले अग्रता लिएको छ। यसअघि भएको पहिलो खेलमा अस्ट्रेलियालाई दुई रनले पराजित गरेको थियो। तेस्रो खेल मंगलबार हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ