+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरजातीय विवाह गर्ने छोरालाई बुवाको शव हेर्नसमेत दिइएन, दाजुसहित ४ जनाविरुद्ध उजुरी

पालिका लाइभ
२०७७ भाद्र १४, आईतवार

काठमाडौं- राजिन्द्र बुढाक्षेत्रीका बुवाको मृत्युपछि अरू दाजुभाइ, छरछिमेक भेला भए। उनीहरू सबै शवनजिकै गए। तर, राजिन्द्र पत्नी र छोराछोरीलाई लिएर आँगनछेउको डिलमा बसेर रोइरहे।

भोलिपल्ट शव दाहसंस्कार गर्न घाटमा लैजाने बेला भयो। राजिन्द्रले सोचेका थिए, ‘घाटसम्म त जान देलान्।’ तर, समाज कति निर्दयी बन्यो भने उनलाई घाट पनि जान दिइएन।

ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका–३ का राजिन्द्रले बुवाको अन्तिम संस्कार गर्न नपाएकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

दलित महिलासँग विवाह गरेको भन्दै परिवारले बहिष्कार गरेपछि उनले छुट्टै बसेर बाबुको किरिया गरे। जातीय भेदभाव गरेको र बाबुको अन्तिम संस्कारमा सामेल हुन नदिएको भन्दै राजिन्द्रले दाजुसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

राजिन्द्रले २०६० सालमा गाउँकै फूलमाया विश्वकर्मासँग विवाह गरेका हुन्। त्यसपछि परिवारले घरमा बस्न दिएनन्। उनी छुट्टै घर बनाएर बस्न थाले। बुवा कुलमान साउन १० गते अचानक बिरामी परे।

राजिन्द्रले नै उपचार गर्न झापा लिएर गए। ७ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि अस्पतालले फर्काइदियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ