+
Search

ताजा अपडेट +

पपुलर +

सिन्धुपाल्चाेकमा लामा गाउँ पुरिँदा ५ घरका सबै सम्पर्कविहिन

पालिका लाइभ
२०७७ श्रावण ३०, शुक्रबार

सिन्धुपाल्चाेक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिराेमा परेर ५ घर पुरिएका छन्। पहिराेले लामा गाँउ पुरिँदा ५ घरपिरवार सम्पर्कविहिन भएकाे बताइएकाे छ।

केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्।

गाउँपालिकाे टाेली घटनास्थल पुग्नै लागेकाले थप विवरण केही समयमा आउने उनले बताइन्। पहिरोले लामा गाउँ पुरिँदा १५ जना घाइते आफैं निस्किएको र उनीहरु नै उद्धारमा खटिएकाे उनले बताइन्।

पुरिएका ५ घरका सबै सम्पर्कविहिन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तमाङले बताइन। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटना स्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी बताए।

जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टर सहित उद्धारमा जाँदै गरेको बागमती प्रदेसका सामाजिक बिकाश मन्त्री युवराज दुलालले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ