+
Search

ताजा अपडेट +

पपुलर +

जन्माष्टमीमा राष्ट्रपतिको शुभकामना- ‘भावनात्मक एकता अझ सुदृढ बन्न सकोस्’

पालिका लाइभ
२०७७ श्रावण २७, मंगलवार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन्।

पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज नेपाली सभ्यता र सम्पन्नताका सूचक भएको बताएकी छन्।

उनले यस्ता ऐतिहासिक, सांस्कृतिक परम्पराले समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ