+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना संक्रमित बढेसँगै लकडाउनमा कडाई : अब एक जिल्लाबाट अर्को जिल्ला जाने नपाइने, सबै पास रद्द

पालिका लाइभ
२०७७ बैशाख ३०, मंगलवार

काठमाडौं- गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।

मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

‘कार्यालयको परिचय पत्रको आधारमा हिडडुल गर्न पाइन्न। यो बुझाइ गलत भयो,’ गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने’ सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको,बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बै‌ैक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुन्छ।’

मंगलबार मात्रै ७४ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ