+
Search

ताजा अपडेट +

पपुलर +

ओली र नेपालबीच आरोप-प्रत्यारोप यति ‘तल’ सम्म !

पालिका लाइभ
२०७६ भाद्र ६, शुक्रबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठक ‘अप्रिय’ बन्यो। बैठकमा ठोस एजेन्डामबारे छलफल भएन।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्कीका कारण अरू विषयले प्रवेश नै पाउन सकेन।

सहभागी एक नेताका अनुसार संवाद यति ‘तल’ पुग्यो कि नेता नेपालले ‘स्वास्थ्यलभाको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईंको स्वास्थ्यलाभको कमाना चाहिएन’ भन्दै अस्वीकार गरे।

पार्टीका गत शुक्रबार आइतबारका बैठकका निर्णयलाई लिएर नेता नेपालले साँतबुँदे लिखित असहमति राखेका थिए।

बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरूबीच उत्पन्न तरंगले प्रवेश पायो।

नेता नेपालले आफूमाथि लाञ्छित गर्दै फेसबुकमा लेख्ने सांसद तथा हालै प्रेस संगठनका इन्चार्ज घोषण गरिएका नेता राजेन्द्र गौतमको प्रसंग झिके। उनले ‘जे पायो त्यही लखेको’ भन्दै गौतमलाई कारबाही गर्नुपर्ने धारणा राखे।

ओलीले नेपाललाई ‘तपाईंले पनि बुधबार पत्रिकालाई प्रयोग गरेर के–के लेखाउनुभएछ’ भन्दै साँतबुँदे असहमतिपत्रमा आपत्ति जनाए।

‘तपाईंचाहिँ जे पायो त्यही कुरा पत्रिकामा छपाउँदै हिँड्ने मिल्ने, अनि अरूले चाहिँ केही लेखे भनेर कारबाही गर्नुपर्ने?’भन्दै उल्टै नेपालमाथि ओली खनिए। त्यसपछि माहोल तात्दै गयो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ