+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

पालिका लाइभ
२०८१ असार १८, मंगलवार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।

‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ सचिव देवेन्द्र पौडेलले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ