काठमाडौँ– नेपाली चलचित्र डेसान देशभर शुक्रबारबाट देशभरका सिनेमा घरमा एकैसाथ प्रदर्शनमा आएको छ। शुक्रवार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताए।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताइन्।
उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताइन्। चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताइन्।
ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने उनको भनाई छ। चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने उनले बताइन्।
कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ।
प्रतिक्रिया