गाेरखा- अनेरास्ववियु ( क्रान्तिकारी) को गण्डकी प्रदेश ईन्चार्ज तथा संयोजकमा गोरखाका बिकास भट्टराई चयन भएका छन् । समान्तर कमिटिकाे गण्डकी प्रदेश संयाेजकमा गाेरखाका भट्टराई संयाेजक भएका हुन् ।
अध्यक्ष पञ्जा सिंहले विधि र बिधान बिपरित संगठन बनाएको भन्दै संगठनका केन्द्रीय उपाध्यक्ष पवन कार्कीकाे नेतृत्वमा केही दिन अगाडि मात्र समान्तर कमिटि गठन गरेकाे थिए ।
संगठनमा लामो समय क्रियासिल नेताहरुलाई फालेर गुटगत मानसिकताका आधारमा संगठन भर्ती केन्द्र बनाएको भन्दै उपाध्यक्ष कार्कीले विराेध जनाउँदै आएका थिए ।
कार्की नेतृत्वकाे समितिले भट्टराईलाई प्रदेश ईन्चार्ज तथा संयोजकको जिम्मेवारी दिएको हाे ।
पूर्नगठित कमिटिमा गोरखाका अशोक मरहट्टा, सुमन अधिकारी, नविन देवकोटा, सोनी भट्टराई, आशा उपरकोटी, मिलन ढकाल र अंकित दवाडीलगायतका नेता केन्द्रीय सदस्यमा अटाएका छन् ।
प्रतिक्रिया