+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिगे साइकल दौडको उपाधी ‘एपीएफ’लाई

पालिका लाइभ
२०७७ फाल्गुन ९, आईतवार

गोरखा- ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधी पुरुष र महिलातर्फ सशस्त्र प्रहरी वल ‘एपीएफ’ले हात पार्न सफल भएको छ ।

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोरखाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधी पुरुष तर्फ शसस्त्र प्रहरी वल ‘एपीएफ’का लक्ष्मण मल्लले जितेका छन ।

५२.९ किलोमिटर दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै मल्लले लिगलिगे साइकल दौडको उपाधि हासिल गरेका हुन । त्यस्तै, त्रिभुवन आर्मी क्लवका हिमाल टमटाले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै प्रतियोगितामा दोश्रो स्थान हासिल गरेभने आर्मीकै ओकेश राज बज्रचार्यले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे ।

प्रतियोगितामा अनिल महर्जनले शान्तवना स्थान हासिल गरे २ घण्टा ४१ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दे नगद १० हजार र मेडल प्राप्त गरे । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रोले क्रमश २५, २० र १५ हजार नगद र मडल प्राप्त गरे ।

15201202 female winner

त्यस्तै महिला तर्फ एपीएफका शोनी गुरुङले निर्धारित दुरी ५२.९ किलोमिटर २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल भइन ।

उपाधी संगै गुरुङले नगद २५ हजार र मेडल हात पारिन । प्रतियोगितामा नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घण्टा २ मिनेट ९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइन भने गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्न सफल भइन ।

त्यस्तै प्रतियोगितामा प्युठानका ह्युमेइ बुढा मगरले ३ घण्टा १२ मिनेट ५५ सेकेण्डमा पार गर्दै शान्तवता स्थान हासिल गरिन । प्रतियोगितामा दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्ने खेलाडीहरुले क्रमश २०, १५ र १० हजार नगद र मेडल हात पार्न सफल भए ।

प्रतियोगितामा गण्डकी प्रदेश महिला तर्फ गोरखाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा मगर तेश्रो स्थान हासिल गरिनभने पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोरखाका लेख प्रसाद भट्ट दोश्रो र पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए ।

152021 male winner photo

गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश ५ हजार, तीन हजार र २५ सय नगद र मेडल हात पारे । प्रतियोगितामा पुरुष तर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा नेपाल पर्यटन वोर्ड र नगरपालिकाले प्रायोजन गरेको थियो भने सिरानचोक गाउपालिका र राइनास नगरपालिकाको सह-प्रायोजन, नेपाल साइकल संघको प्राविधिक सहयोग, मिडिया सहकार्य हाइलाइटस टुरिजम, रेस रुट भोलिन्टेयर बौद्ध हिमाल युवा क्लव, कम्युनिकेशन सपोर्ट स्टोरी साइकल, टिसर्ट सौजन्य आंपपिपल निवासी समाजसेवी मनकाजी श्रेष्ठ (हङकङ), झण्डा सौजन्य गोरखा समाज हङकङ र २० जना खेलाडीको दर्ता शुल्क चितवन फिजिकल फिटनेस सेन्टरले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ