+
Search

ताजा अपडेट +

पपुलर +

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
पालिका लाइभ
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

समितिले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिले सार्वजनिक गरेको विवरण अनुसार केही जग्गा आवास प्रयोजनका लागि छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।