+
Search

ताजा अपडेट +

पपुलर +

‘तीनजना नेताले देशलाई बिरता ठानेर दोहन गरिरहेका छन्’

पालिका लाइभ
२०८२ बैशाख २२, सोमबार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने जानकारी दिएका छन् ।

सोमबार काठमाडौंमा बसेको राजसंस्था पुरस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए ।

उनले देशमा अराजकता, भ्रष्टाचार र अत्याचार भइरहेको भन्दै देश केही तीन नेताले वीरताको रूपमा दोहन गरिरहेको बताए । कुनैपनि स्वाभिमानी नेपालीले सहेर नबसी त्यसताविरुद्ध आन्दोलन गर्नु राष्ट्रिय धर्म भएको उनको भनाई छ ।

उनले भने,‘आन्दोलन गर्नु रहर होइन । नेपाली जनताको लागि बाध्यात्मक भइसकेको छ । देशमा दुई तरिकाले शासन चलेको छ । अराजकता, भ्रष्टाचार र अत्याचार छ । देश केही तीन जना नेताको बिरता जसरी देशको दोहन भइरहेको छ । यसलाई कुनैपनि स्वाभिमानी नेपालीले सहेर बस्न सक्दैनन् । त्यसैले यसको विरुद्ध आन्दोलन गर्नु आज हाम्रो राष्ट्रिय धर्म हो ।’

उनले नेपालमा संविधानभित्र राजसंस्था भए मात्रै स्थायित्व दिन सकिने धारणा राखे ।

अहिले लोकतन्त्रको नाममा देशलाई ध्वस्त गर्ने काम भइरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ