+
Search

ताजा अपडेट +

पपुलर +

बुढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री

पालिका लाइभ
२०८० माघ २२, सोमबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका जनप्रतिनिधिसँग बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाइने बताएका छन्।

आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताउनु भएका बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

425643800 Deepak

प्रधानमन्त्रीसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए। ‘छलफलमा प्रधानमन्त्रीसँग हामीले गाउँपालिकाको तर्फबाट विषयवस्तु राख्याैँ’, उनले भने, ‘उहाँले जनप्रतिनिधिले उठाएका विषयवस्तुमा केन्द्रित भएर धारणा व्यक्त गर्नुभयो।’

425787574 1Bidhnu bhatta

छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराएका थिए। ‘बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीको छ। आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौँ,’ भट्टले भने।

425722276 Sakar

प्रधानमन्त्रीले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराए। उनले बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा आफू रहेकाे बताए। ‘हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच देखिन्छ,’ उनले भने।

जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०/०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

425823923 Ramesh thapa

प्रधानमन्त्रीलाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिलगायत बालुवाटार पुगेका थिए।

425380924 Laxamn

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ